चीनद्वारा स्वास्थ्य सामग्री सहयोग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

चीनद्वारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि चीनले सोमबार नेपाल सारकारलाई पिसिआर परीक्षण किटसहित अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

चीनले ४० हजार थान पिसिआर टेस्ट किट, डिस्पोजेबल कभर १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क आठ लाख थान सहयोग गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा पुगेर चिनियाँ राजदूत होउ यान्छीले सामग्री हस्तान्तरण गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस्