बागमती प्रदेशले ५० अर्वको बजेट असार १ गते ल्याउने

काठमाडौं । बागमती प्रदेश सरकारले ५० अर्वको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले केन्द्र सरकारको अनुदान आफ्नो राजश्वसहित ५० अर्बको बजेट ल्याउने mतयारी गरेको हो ।
बागमती प्रदेशले नया आव २०७७/०७८ को लागी ५० अर्वको बजेट भोली असार १ गते ल्याउन लागेको हो । कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्र उकास्नेगरी बजेट आउन लागेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताए । बजेट कृषि उत्पादन बढाउने गरी ल्याउने तयारीमा प्रदेश सरकार जुटेको हो ।
कोरोनाका कारण बेरोजगारी बढ्न जाने संभावनालाई मध्येनजर गर्दै प्रदेश सरकारले रोजगारी उद्यमशिलतालाई फोकस गर्दै बजेट ल्याउन लागेको हो ।