कोरोना संक्रमितको संख्या साँढे ६ हजार नाघ्यो, मंगलबार थपिए ३८० जना « Arthapath.com
२६ असार २०८२, बिहीबार

कोरोना संक्रमितको संख्या साँढे ६ हजार नाघ्यो, मंगलबार थपिए ३८० जना



काठमाडौं । मंगलबार थप ३ सय ८० जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वरा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार थप ३ सय ८० जनामा पछिल्लो २४ घण्टामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमितको जम्मा संख्या ६ हजार ५ सय ९१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनालाई जितेर निको हुनेको संख्या १ हजार १ सय ५८ जना छन ।

१ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन भने, आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन । त्यस्तै नेपालमा १९ जनाको कोरोनाले ज्यान लिइसकेको छ । सरकारले १ लाख ४३ हजार ७३८ जनाको मात्र पीसीआर परीक्षण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्