वामदेवको राष्ट्रियसभा यात्रा उधारोमै, छायाँ अर्थमन्त्रीबाटै चल्छ त अर्थ मन्त्रालय ? « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

वामदेवको राष्ट्रियसभा यात्रा उधारोमै, छायाँ अर्थमन्त्रीबाटै चल्छ त अर्थ मन्त्रालय ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ दिन अघि विदा भएका अर्थमन्त्री डा. युवराज खतिवडालाईको सन्र्दभमा अहिले बजारमा अनेक चर्चा भएका छन । विज्ञ अर्थमन्त्रीलाई प्रम ओलीले विदा गर्न चाहेका थिएनन् । पार्टी निर्णय कार्यन्वयन गर्नको लागी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरे ।

गौतमको दाउ राष्ट्रियसभमा गएर उपप्रधान तथा गृहमन्त्री वा अर्थमन्त्रालय सम्हाल्ने उदेश्यले राष्ट्रियसभमा यात्रा तय गरेका हुन । तर प्रम ओलीसामु पछिल्लो समय गौतम चुनौतीपुर्ण बनेका छन । ओली विवर्तमान अर्थमन्त्री खतिवडालाईनै अर्थमन्त्री बनाउन चाहन्थे । त्यसैले ओलीले वामदेवलाई फकाउन अनेक प्रयास गरेपनि केही जोर चलेन ।

पार्टीले ६ महिनाअघिनै गरेको निर्णय पुन लाष्ट आवरमा आएर आफैले प्रश्ताव गर्नु त्यसपछि बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई सिफारिस नगर्नुलाई अर्थपुर्ण रुपमा हेरीएको छ । हुनत नेकपाको लागी १ राष्ट्रियसभा सदस्य हुनु र नहुनुले महत्वपुर्ण अर्थ राख्दैन । प्रम ओलीले तैपनि रात रहे अग्राख पलाउँछ भनेझै गौतमलाई कानुनी अडचन देखाएर वा फकाएर राष्ट्रियसभमा नल्याउने प्रयास अझै जारी राखेका छन ।

गौतमलाई राष्ट्रियसभमा ल्याएर महत्वपुर्ण मन्त्री दिएमा ओलीका लागी दुर्भाग्य हुन जाने कुरा प्रधानमन्त्री स्वम्ले पनि बुझेका छन । ओलीले सकेसम्म वामदेवलाई राष्ट्रियसभमा नल्याइ उनकी श्रीमत तुलशालाई मन्त्री दिने मनस्थीतिमा छन । २६ गते बस्ने पार्टी स्थायी समिति बैठकमा मन्त्रीपरिषद पुर्नगठनबारे निर्णय हुनेछ ।

ओलीले सो समयसम्म बामदेवको नाम राष्ट्रिपतिकोमा सिफारिस नगर्ने संकेत गरेका छन । ओली पुनः खतिवडालाईनै अर्थमन्त्री बनाएर चलाउने कि आफ्नो सल्लाहाकार बनाउने भन्ने दोधारमा छन । मन्त्री खाइसकेका खतिवडाले पनि मन्त्रीनै हुने इच्छा देखाएकाले ओलीलाई निर्णय लिन गाह्रो परेको छ ।

अहिले प्रधानमन्त्रीले खतिवडालाई छायाँ अर्थमन्त्री बनाएर चलाउने चर्चा पनि छ । तर अर्थमन्त्रालय यती धेरै काम हुन्छन कि प्रधानमन्त्रीले आफै राखेर चलाउन निकै गाह्रो हुने पुर्व अर्थमन्त्री डा. रामशरण महत बताउँछन । अहिले बजारमा छायाँ अर्थमन्त्री खतिवडानै रहने चर्चा चलेको छ । प्रधानमन्त्रीले हिजो उद्योगी व्यापारीसंगको अन्र्तक्रियामा पनि खतिवडा पुनः महत्वपुर्ण जिम्मेवारीमा रहने संकेत गरेका थिए ।

प्रधानमन्त्रीले आफ्नो सल्लाहाकार राखेर खतिवडा बाटै अर्थमन्त्रालय हाक्न कठिन छ । सल्लहाकार भनेको कार्यकारी रोल नहुने भएकोले व्यस्त प्रधानमन्त्रीबाटै अर्थ मन्त्रालय चल्ने छाँट देखिँदैन । खतिवडा बालुवाटारको समिपमा रहनुले गौतमको राष्ट्रियसभा यात्रा पनि अन्यौलमा परेको छ ।


प्रतिक्रिया दिनुहोस्