कोरोनाका विच २५३ नेपाली सेना शान्ति स्थापनाको लागी सुडान प्रश्थान « Artha Path
२६ भाद्र २०७७, शुक्रबार

कोरोनाका विच २५३ नेपाली सेना शान्ति स्थापनाको लागी सुडान प्रश्थान



काठमाडौं । २५३ नेपाली सेना शान्ति स्थापनाको लागी सुडान प्रश्थान गरेको छ । नेपालमा कोरोनाको महामारी फैलिरहेको बेला सुडानमा शान्तिको दियो बाल्न सेनाको एक जत्था आफै उडिसकेको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि नेपाली सेनाको २५३ जनाको टोली शुक्रबार सुडानतर्फ उडेको हो । ५ महिना अघिनै जानुपर्ने सेनाको टोली कोरोनका कारण रोकिएको थियो ।

नेपाली सेना टोलीले यूनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएनमिस) मा हाल कार्यरत एक टोलीलाई बिदाई गर्नेछ । सो टोली शुक्रबारै नेपाल वायुसेवाको निगमको चार्टर्ड विमानमार्फत सुडान उडेको नेपाली सेनाले जनाएको छ । त्यस्तै सेनाको अर्को टोली सोमबार लिबिया जाने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्