ओरोलो लाग्न थाल्यो सुनको भाउ,आजै तोलामा २ सयले घट्यो

काठमाण्डौ । शुक्रबार सुन भाउ तोलामा २ सयले घटेको छ । आज तोलामा सुन २ सयले घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहिबार पनी सुन तोलामा २ सय रुपैयाले नै घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।