नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदुत यान्छीविच भेटवार्ता, नेकपाको विभाजन रोकिएला ? « Arthapath.com
८ मंसिर २०७७, सोमबार

नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदुत यान्छीविच भेटवार्ता, नेकपाको विभाजन रोकिएला ?



काठमाडौं । फुटको संघारमा रहेको नेकपामा दुबै पक्षविच तिब्र दौडधुप चलेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार कांग्रेस सभापती शेरबहादुर देउवालाई भेटेर सरकारमा सहयोगसहित सहभागिता जनाउन आग्रह गरेपछि नेकपा लगभग फुटको नजिक पुगेको विष्लेषण गरिएको छ ।

नेकपा पार्टीभित्रको विवाद उत्कर्षमा रहेका बेला चिनियाँ राजदूत होउ यान्छीले कार्यकारी अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेकी छिन । नेकपा विभाजनको संघरमा रहेको बेला चिनिया राजदुतको सक्रियतालाई अर्थपुर्ण रुपमा लिइएको छ ।

सोमबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र चिनिया राजदुत यान्छी सँग भेटवार्ता गरेकी हुन । अध्यक्ष दाहाल निवासमा भएको भेट करिव ३० मिनेट कुराकानी भएको थियो । नेकपामा विवाद बढेपछि यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग पनि भेटवार्ता गरेकी थिइन ।

यान्छीले नेकपामा देखिएको पछिल्लो विवादको विषयमा चासो देखाएकी छिन । नेकपाका दुई अध्यक्ष पक्षधरले देशव्यापी गुटको भेला गरेर पार्टी फुटनजिक पुगेको संकेत गरेका छन । विवादका विच गत शुक्रबार भएको नेकपाको सचिवालय बैठक फेरी १३ मंसिरलाई तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्