महासंघ निर्वाचन अपडेटः विभिन्न प्रदेशबाट केन्द्रीय सदस्यमा जित्ने यस्तो छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ । प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश २ बाट विजयकुमार शाहले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले एक मत पनि ल्याउन सकेका छैनन् ।
त्यस्तै, गण्डकी प्रदेशबाटबाट बाबुराम गिरी ९ मत ल्याएर प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत मात्रै ल्याएर गिरी विजयी भएका हुन् । लुम्बिनी प्रदेशबाट जसमेर मियाँले १० मतसहित चुनाव जितेका छन् भने उनका निटतम् प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत मात्रै ल्याएका छन् । कर्णाली प्रदेशबाट लालिमान बुढाले ७ मत ल्याएर निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मात्रै मत ल्याएर बुढा विजयी भएका छन् ।
संस्थापक संघ तर्फबाट दामु अधिकारी केन्द्रिय सदस्यमा विजयी भएका छन् । दामुले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाले ५ मत ल्याएका छन् । प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् ।
सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन् । कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । कुँवरले कुल खसेको १० मध्ये ८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मत मात्रै प्राप्त गरेका छन् ।