एकै साथ ३९६ अस्पताल शिलान्यास हुँदै, करिब ५८ अर्ब रुपैयाँको लागत लाग्ने (सूचिसहित)

काठमाडौं । सरकारले ३ सय ९६ वटा अस्पतालहरूका शिलान्यास गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ७ वटै प्रदेशमा एकैपटक ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने भएका छन् । यी सबै अस्पताल निर्माण गर्नका लागि करिव ५८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।
आज उद्घाटन गरिने अस्पतालहरु ५, १० र १५ शय्याका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत ५ शय्याका ५२, १० शय्याका १ सय९ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् । २ वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना रहेको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति ?
प्रदेश १ः ८६ आधारभूत अस्पताल,
प्रदेश २ र गण्डकीः ५३ आधारभूत अस्पताल,
बागमतीः ५१ आधारभूत अस्पताल,
लुम्बिनीः ५७ आधारभूत अस्पताल,
कर्णालीः ४२ आधारभूत अस्पताल
सुदूरपश्चिमः ५४ आधारभूत अस्पताल















