एफएनसीसीआईको विशिष्ट सदस्यमा पशुपति नियुक्त, चण्डी ढकालको सपना चकनाचुर, प्रधान सदस्य चयन

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको विषिष्ट सदस्यमा पुर्वअध्यक्ष पशुपति मुरारका चयन भएका छन । आइतबार साँझ होटल सोल्टीमा बसेको पहिलो कार्यसमिति बैठकले मुरारकालाई विशष्ट सदस्यमा चयन गरेको हो ।
महासंघको निर्वाचनमा चन्द्र ढकालको पक्षमा लागेका एकमात्रै पुर्व अध्यक्ष चण्डीराज ढकालको विशिष्ट सदस्य बन्ने सपना चकनाचुर भएको छ । विवादस्पद भुमिकामा रहेका ढकालका कारण चन्द्र ढकाललाईनै कम मत आएको विष्लेशण महासंघभित्र गरिएको छ ।
चन्द्र ढकाल पक्षको बहुमत टिमले निर्वाचन जित्न नसक्दा चण्डिको सपनामा तुषरपात लागेको छ । गोल्छा, राणासहितको सहयोगमा किशोर प्रधान समुहले बहुमत कार्यसमिति जितेपछी मुरारका विशिष्ट सदस्यमा चयन भएका हुन ।
बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वत अध्यक्षमा चयन भएपछि नव निर्वाचित बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललगायतको नयाँ पदाधीकारी सम्मिलित पहिलो बैठक बसेको थियो । त्यसअघि निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेको थियो । सोही समारोहमा निवर्तमान अध्यक्ष भवानी राणाले महासंघको लोगो र सपथसहित नवनियुक्त अध्यक्ष गोल्छालाई लगाइदिएर पदभार ग्रहण गराएकी थिइन् ।
त्यसैगरी महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचन हारेका किशोर प्रधानलाई सदस्यमा चयन भएका छन । महासंघको विधान अनुसार कोषाध्यक्षमा डिवि बस्नेत र सकुन्तलाल हिराचनमध्ये एक चयन हुनेछन । अव महासंघमा अध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, तेस्रोमा पुर्व अध्यक्ष पशुपति मुरारका र चौथो बरियतामा बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल हुनेछन ।