देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको सुरेन्द्र पाण्डे र योगेश भट्टराईको स्पष्टोक्ति

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । आफूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको उनले बताए ।
एमालेको वार्ता टोलीका सदस्यसमेत रहेका पुर्व अर्थमन्त्री पाण्डेले आफूहररू पार्टी फुटको पक्षमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउन हस्ताक्षार नगरेको बताएका छन् ।
त्यसैगरी एमाले नेता योगेश भट्टराईले पनि आफुले देउावालाई प्रधानमनत्री बनाउन हस्ताक्षर नगरेको जनाएका छन । नेता योगेश भट्टराईले आफु वर्तमान प्रधानमन्त्रीको विकल्पमा देउवाको पक्षमा नरहेको जनाएका छन ।
बैकल्पिक सरकारको दावी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी गठबन्धनका नेताहरू राष्ट्रपति भवन शितलनिवास पुगेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षसहित १४९ जना सांसदको हस्ताक्षर रहेको दावी विपक्षि गठबन्धनले गरेकाे छ । उनीहरू सरकारको दावीसहित राष्ट्रपति कार्यालय गएका छन् । गधबन्धन सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षको सहयोग रहने उल्लेख छ ।