प्रतिनिधिसभाबाट बजेटसम्बन्धी २ विधेयक पारित « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

प्रतिनिधिसभाबाट बजेटसम्बन्धी २ विधेयक पारित



काठमाडौं । प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच पनि संसदबाट विद्येयक पारित गरेको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ ।

विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्