जसपाबाट को–को बन्दैछन् मन्त्री ? « Arthapath.com
२० आश्विन २०७८, बुधबार

जसपाबाट को–को बन्दैछन् मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनता समाज पार्टी (जसपा) ले मन्त्रीको नाम छनोट गर्ने भएको छ । आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्री छनौटका लागि जसपा आन्तरिक छलफलमा जुटेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री छनोट गर्ने जनाईएको छ ।

जसपाले ४ मन्त्रालय पाउने भएपछि कसलाई मन्त्री बनाउने भनेर आन्तरिक छलफलमा जुटेको हो । जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको छ ।

जनता समाजवादी पार्टीका सांसदहरु देउवा सरकारमा सहभागी हुनका लागि शक्ति केन्द्र धाइरहेका छन् । जसमा देउवा नेतृत्वको सरकारमा उपेन्द्र यादव, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, इस्तियाक राई, रानी मण्डल, प्रमोद साह, अमृत अग्रहरीमध्येबाट मन्त्री बन्ने चर्चा छ ।


प्रतिक्रिया दिनुहोस्