माओवादी छाडेर एमालेमा बसेकालाई ओलीको स्पेस, २ पदाधीकारी सहित ४० केन्द्रीय सदस्य पाउने « Arthapath.com
२ श्रावण २०८३, शनिबार

माओवादी छाडेर एमालेमा बसेकालाई ओलीको स्पेस, २ पदाधीकारी सहित ४० केन्द्रीय सदस्य पाउने



काठमाडौं । भरतपुरको सौराहमा जारी एमाले १० औं महाधिवेसनको नेतृत्व चयनमा रसाकस्सी देखिएको छ । बरिष्ठ उपाध्यक्ष र महासचिवमा मिलाउन पार्टी अध्यक्ष ओलीलाई हम्मे हम्मे परेको छ । शुक्रबार भब्य उद्घाटन भएको एमाले महाधिवेसनमा नेताहरु व्यवस्थापन पेचिलो बनेको छ ।

पार्टी अध्यक्ष ओलीलाई आफ्नै समुहका नेताहरुले एउटै पदमा धेरै व्यक्तिले दावी गरेपछि व्यवस्थापनमा चुनौती थपिएको छ । आफ्नै कोर टिमभित्र नेता व्यवस्थापनमा चुनौती थपिएको बेलामा अध्यक्ष ओलीलाई पुर्व माओवादी समुह र एमालेमा बसेका १० नेता व्यवस्थापन थप पेचिलो बन्दै आएको छ ।

उता ओलीसंको भेटमा पुर्व माओवादी नेतालाई उनिहरुको माग पुरा गर्न नसकेपनि आंसिक पुरा गगर्ने संकेत दिएका छन् । पुर्व माओवादी समुहलाई ओलीले २ पदाधिकारी दिने जनाएका छन् । उनिहरुले ३ पदाधिकारी मागेका थिए । जसमा रामबहादुर थापा बादललाई उपाध्यक्ष, टोप महादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव प्रश्ताव गरिएको छ ।

त्यस्तै २ स्थायी समितिमा मणि थापा र प्रभु शाहले दावी गरेका छन् । त्यस्तै केन्द्रीय सदस्यमा पनि ४० जनाको माग गरेका छन् । पछिल्लो सयम माधव नेपालको पक्षमा लागेका १० नेता भन्दा पुर्व माओवादीका नेतालाई ओलीले स्पेश दिँदै आएका छन् ।

अधिवेसनले ओलीलाई सर्वसम्मतीको अध्यक्ष बनाउने प्रयास जारी छ । अध्यक्षमा उमेद्वारी घोषणा गरेका भिम रावल बरिष्ठ उपाध्यक्ष पाए ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने सघाउने जनाएका छन् । उता बरिष्ठ उपाध्यक्षमा आफ्नै समुहका नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलको भिडन्त छ । यी दूईलाई भिडाएर ओलीले महासचिवमा शुरेन्द्र पाण्डेलाई ल्याउने संभावना त्यत्तिकै छ ।


प्रतिक्रिया दिनुहोस्