स्थानीय सरकार, इमान्दारिता र गठबन्धन « Arthapath.com
८ बैशाख २०७९, बिहीबार

स्थानीय सरकार, इमान्दारिता र गठबन्धन



नेपालको संविधान, २०७४ लागू भएपश्चात् स्थानीय निकाय (सरकार) जनताको सरकारको रुपमा हेरिएको छ । नयाँ संविधान जारी गरेपश्चात् भएको पहिलो स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल लगभग अन्तिम चरणमा रहेको र सरकारबाट २०७९ बैशाख ३० गते स्थानीय सरकारको चुनाव गर्ने निर्णय बमोजिम निर्वाचन आयोगले समेत लगभग सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी बारम्बार दिइरहेको अवस्था छ । 

यसै सन्दर्भमा चुनावमा यो गठबन्धन उ गठबन्धन धेरै सुनीराखिएको छ । यो उ गठबन्धन भन्दापनि देशभर रहेका गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आफ्नो स्थानीय सरकारमा निर्वाचित गराउन स्वविवेक निर्णय गर्न पाउने अधिकारको समेत ख्याल नगरी गठबन्धनको नाममा भैरहेको केन्द्रीयता लादिने कार्यले के साँचो रुपमा निर्वाचित प्रतिनिधिहरूले आफ्नो क्षेत्रका लागि निष्पक्ष भएर कार्य गर्न सक्छ भन्ने विश्वास कसरी गर्न सकिन्छ । 

उ त गठबन्धनको नाममा चिठ्ठा परेर आए जस्तो र त्यो प्रदान गर्नेप्रति बढी इमानदार बन्न खोज्छ ताकी आगामी दिनहरूमा फेरी आशिर्वाद पाउन सकियोस् । यसरी स्थानीय रुपमा राजनीति गर्ने ठूलो समूहको अधिकारको हनन भएको छ । कार्यकर्तालाई यो उ कुरा गरेर अधिकारलाई बन्धक बनाउने कार्य भएको छ । 

नेपालमा रहेका सबै राजनीतिक दलहरूले स्थानीय निर्वाचनमा गाउँ, समाज, नगर र महानगर मा बसेर आफ्नो क्षेत्रमा लोकप्रिय रहेका व्यक्तिहरू छानेर गठबन्धन भन्दा माथि उठेर सो क्षेत्रको लागि आवश्यक जनप्रतिनिधि छनौट गर्न सक्ने वातावरण किन सिर्जना नगर्ने । स्थानीय स्तरमा राजनीति गर्नेबाट जुनसुकै पार्टी हुन असल र सो क्षेत्रको लागि आवश्यक महसुस भएको प्रतिनिधि सोही क्षेत्रका जनताले छनौट गरी स्थानीय सरकार बनाउने अवसर सबै पार्टीहरूले स्वतन्त्र रुपमा दिन सके साचो रुपमा स्थानीय निर्वाचन भएको महसुस हुनेछ ।

अब हामी जनताले स्थानीय निर्वाचनमा पार्टी भन्दा पनि माथि उठेर सुशासन , इमानदार र कर्तव्यनिष्ट व्यक्ति रोज्ने बेला अनि अवसर आएको छ । स्थानीय सरकार जनमानसमा आफ्नो सरकारको अनुभुति दिने असल व्यक्ति छान्न अलमलिनुभयो भने ५ वर्ष गाली गरेर बस्ने सिवाय अरु केही गर्न सकिन्न । स्थानीय चुनावबाट हामी सबैले असल सुशासन भएको इमानदार  व्यक्ति छनौट गर्न सक्नुहोस् सबैमा शुभकामना सहित बधाइ खुला मनले दिन सकियोस् ।

जय होस । 
अधिवक्ता हिरा काजी बस्नेत


प्रतिक्रिया दिनुहोस्