एमालेका उम्मेदवार वस्तीले सुरूगरे आफ्नाे वडाबाट घरदैलाे, एमालेप्रति देखियाे भराेसा र उत्साह « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

एमालेका उम्मेदवार वस्तीले सुरूगरे आफ्नाे वडाबाट घरदैलाे, एमालेप्रति देखियाे भराेसा र उत्साह



नुवाकाेट । नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार रमेशबहादुर वस्तीले आज आफ्नाे वडाबाट घरदैलाे सुरू गरेका छन् ।

वर्तमान अध्यक्षसमेत रहेका वस्तीले आफ्नाे वडा तारकेश्वर ४ बुधसिंबाट भाेट माग्न सुरू गरेका छन् । हिजाे नेकपा एमाले पालीका कमिटी बैठकले तय गरेकाे कार्यक्रम अनुसार अध्यक्ष वस्ती र उपाध्यक्ष पदका उम्मेदवार काेपिला भट्ट, वडाध्यक्षका उम्मेदवार हरी पाैडेलसहितकाे टाेली सयाैं कार्यकर्तासहित भाेटमाग्न घरदैलाे अभियानमा लागेका छन् ।

गत निर्वाचनमा करिव हजार मतान्तरले बिजयी वस्ती फेरी बिजयी हातपार्न लागीपरेका छन् । हिजाे नेकपा एमाले तारकेश्वर गाउँ संगठन कमिटी बैठकले केशव घिमिरेकाे संयाेजकत्वमा ६ सय ५१ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेकाे छ । त्यस्तै पार्टी सचिव रणबहादुर तामाङकाे संयाेेेेेेेजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्