चन्द्र ढकाल: माओवादी मन्त्री रिझाउन जसले आईएमई बनाए उसैलाई विर्षिए « Arthapath.com
२९ जेष्ठ २०७९, आईतवार

आईएमईको २२औं वार्षिकोत्सव

चन्द्र ढकाल: माओवादी मन्त्री रिझाउन जसले आईएमई बनाए उसैलाई विर्षिए



काठमाडौं । आजभन्दा २२ वर्षअघि स्थापित आईएमईले आइतबार भव्यरुपमा वार्षिक उत्सव बनायो । चन्द्र ढकाल जसले एउटा सानो कोठाबाट सुरु गरेको आइएमई अहिले रेमिट्यान्स भनकै आइएमई बनेको छ । वार्षिक १ खर्वभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी आइएमईले आइतबार देशको अर्थमन्त्रीदेखी मुख्यसचिवसम्मलाई बोलाएर साँढे २ घण्टा आफ्नो बारेमा बोल्न लगाए ।

हरेक नेपालीको जनजिब्रमो बसेको आईएमई बनाएकोमा ढकालले गर्व मात्रै गरेनन् आफ्ना दुःखका दिनहरु पनि समारोहमा सुनाउन भ्याए । आईएमईलाई आइएमई बनाउन त्यतिबेला नितीगतरुपमा नेपाल राष्ट्र बैंक र त्यसबेलाका अधिकारीहरुको महत्वपुर्ण भुमिका रहेको थियो ।

देशका गभर्नर तिलक रावल आफै मलेसिया पुगेर आईएमईलाई लाइसेन्स दिलाउनेसम्म काम गरे । त्यतिबेला नेपालबाट रोजगारीका लागी जाने नेपालीहरुलाई आइएमईबारे थाहै थिएन । जतिबेला हिमाल रेमिटले मलेसियाबाट रेमिट्यान्स ल्याउँदै आएको हिमाल रेमिटलाई वाइपास गरेर आईएमईलाई बैधानिक बनाउन राष्ट्र बैंकका अधिकारीहरुको मुख्य हात रहेको सबैलाई जगजाहेरै छ ।

तत्कालिन समयमा हिमाल रेमिटको मलेसियामा गरेको दुःख र पछि उसलाई नेपाल सरकारका अधिकारीहरुले गरेको वाइपास सोही कम्पनीका अधिकारीले यस संबाददातासंग गरेका थिए । राष्ट्र बैंकका तत्कालिन नेतृत्वले लगाएको इफोर्टलेनै आइएमई बनेको नकार्न सकिन्न ।

आफुलाई आवश्यक पर्दा पटक पटक नेपाल सरकार र नेपाल राष्ट्र बैंक गुहार्ने चन्द्र ढकाले २२ औं वार्षिकोत्सवको अवसरमा भने राष्ट्र बैंककै अधिकारीलाई खासै भ्यान दिएनन् । देशको अर्थमन्त्री जनार्दन शर्मा, मुख्यसचिव शंकर बैरागी देखी अर्थसचिव, श्रम सचिवसहित निजी क्षेत्रकको सानदार उपस्थीतिमा आईएमईले आफ्नो स्थापना दिवस मनायो ।

तर सो समारोहमा अर्थमन्त्रीसंग राम्रो संबन्ध नभएकै आधारमा चन्द्र ढकालले राष्ट्र बैंकका अगुवालाई कार्यक्रममा बोलाएर मञ्च दिन सकेनन् । आइतबारको कार्यक्रमको लागी आइतबारै विहान बोलाइएका एनआरएनएका अध्यक्ष कुल आचार्य कार्यक्रममा उपस्थित हुँदा नेपाल राष्ट्र बैंकबाट प्रतिनिधीको रुपमा कार्यकारी निर्देशक गुरु पौडेलको मात्र उपस्थिती थियो ।

उसो त ढकालले गभर्नर महाप्रसाद अधिकारीलाई निम्ता नगरेका होइनन् । गभर्नर अधिकारी आकष्मिक कामले भारत गएकाले राष्ट्र बैंकबाट स्वभाविक कामु गभर्नर डा. निलम ढुङ्गानाको उपस्थिती हुनुपर्ने थियो । यसबारे ढुङ्गानालाई सोध्दा आफुलाई कार्यक्रमबारे ढिला जनाकारी भएको भन्दै पारिवारिक काममा रहेको बताइन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिस्श्रसंग सम्र्पक गर्दा उनले साँझको रात्रिभोजमा आउने जानकारी दिए । पछिल्लो समय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकविच संबन्ध सुमधुर नभएको आइएमईको कार्यक्रममा पनि देखियो । माओवादी निकट व्यापारीको परिचय बनाएका ढकालले अर्थमन्त्रीलाई खुसी बनाउनको लागी पनि राष्ट्र बैंकका सिनियर अधिकारीलाई बोलाउन नचाहेको देखिन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्