इभी एक्स्पोको अन्तिम दिन : विद्युतीय सवारी साधन र राज्यको नीतिका विषयमा छलफल हुँदै « Arthapath.com
९ आश्विन २०७९, आईतवार

इभी एक्स्पोको अन्तिम दिन : विद्युतीय सवारी साधन र राज्यको नीतिका विषयमा छलफल हुँदै



काठमाडौं । नाडा ईभी एक्स्पो २०२२ को आज अन्तिम दिन रहेको छ । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी मेला भएको छ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गरेको हो ।

उक्त इभी एक्स्पोमा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी भईरहेको छ । एक्स्पोमा विश्वका चर्चित विद्युतीय सवारीका ब्राण्डहरु प्रदशर्ननमा राखिएको छ ।

आज समापनको दिन भृकुटीमण्डमा ईभी चौतारी अन्तर्गत विद्युतीय सवारीसाधन र राज्यको नीतिका विषयमा छलफल हुने नाडा अटोमोबाइल्स एशोसियसनका सचिव तथा इभी एक्स्पोका संयोजक अनुप कुमार बरालले जानकारी दिए ।

उनका अनुसार उक्त छलफलमा नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग लगायतका सरकारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहनेछ ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी को सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्