ब्याजदर घटाउन र चालु पुँजी कर्जा निर्देशन परिमार्जनका लागि उच्च स्तरीय छलफल भएको छ : अध्यक्ष गोल्छा « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ब्याजदर घटाउन र चालु पुँजी कर्जा निर्देशन परिमार्जनका लागि उच्च स्तरीय छलफल भएको छ : अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले बढाएको ब्याजदर घटाउन उच्च स्तरीय छलफल भईरहेको बताएका छन् ।

उद्योग वाणिज्य महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले ब्याजदर घटाउन र चालु पुँजी कर्जा सम्बन्धी निर्देशन परिमार्जनको लागि हाई लेवलमा छलफल भैरहेको बताए ।

उनले भने,’बैंकहरूले आधार दरमा ८ प्रतिशत जोडेर कर्जा दिने गरी कर्जामा ब्याजदर सार्वजनिक भएको छ, यो सच्चिनुपर्छ ।’ राष्ट्र बैकले चालु पुँजी सम्वन्धी ल्याएको कर्जाले झन व्यावसायीलाई संकट थपेको बताए ।

‘पछिल्लो समय अस्वभाविक रूपमा निर्माण रोकियो, गार्मेन्ट, जुत्ता उद्योगमा ठुलो गिरावट अयो, तर बैकिङ क्षेत्रमा मात्र गिरावट आएन । झन् अस्वभाविक मात्रामा नाफा बढाए ।’ उनले भने ।

पछिल्लो नेपाली अर्थतन्त्र चलायमान नहुनको समस्याको जड सोधानान्तर घाटा रहेको उनको भनाईछ । उनले भने, ‘विदेशी मुद्राको संचिती १७ प्रतिशत घट्यो, १८ प्रतिशत व्याज पुग्यो । १ वर्षमा ८० प्रतिसतसम्म व्याज बढ्यो । पछिल्लो ३ वर्ष आर्थिक बृद्धिदर २ प्रतिसतमा सिमित भयो।’ उनले आयातमा लगाइएको प्रतिवन्ध खुला पर्नुपर्नेमा जोड दिएका छन् । आयात रोक्दा १९ प्रतिशत राजस्व घटेको उनको भनाई छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्