‘इको सिस्टममा कृषि बैंकको संलग्नता हुनपर्छ, कृषि क्षेत्रमा नयाँ प्रकारको कर्जा आवश्यक छ’ : गभर्नर अधिकारी « Arthapath.com
७ माघ २०७९, शनिबार

‘इको सिस्टममा कृषि बैंकको संलग्नता हुनपर्छ, कृषि क्षेत्रमा नयाँ प्रकारको कर्जा आवश्यक छ’ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्ने मामलामा कृषि विकास बैंक नयाँ किसिमले अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार कृषि विकास बैंकको ५६ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । पछिल्लो समय नेपालको कृषि क्षेत्रमा नयाँ आयाम तथा अभ्यासहरु अबलम्बन भएका छन् ।

‘केही व्यक्तिहरुले विदेशमा कृषि सम्बन्धी अध्ययन गरेर नेपालमा व्यावसायीक रुपमा नै कृषि गरेका छन् । कतिपयले कृषिलाई आधुनिकीकरण गर्दैछन्, त्यो अवस्थामा उनीहरुलाई नयाँ प्रकारको फाइनान्सीङ आवश्यक छ, त्यसमा कृषि विकास बैंकले नै नेतृत्व गर्नुपर्छ,-गभर्नर अधिकारीले भने ।

साथै, कृषि विकास बैंक समग्र कृषि क्षेत्रको बिकासमै अग्रसर हुनुपर्ने गभर्नर अधिकारीको भनाइ छ । ‘फाइनान्सीङ तथा एउटा कम्पोनेन्ड मात्रै हो । फाइनान्सीङको लागि पहिला त कृषकनै तयार हुनुपर्छ,’ उनले भने, ‘त्यसको लागि कृषि विकास बैंकले कृषकलाई तालिम पनि दिनुपर्छ भने हाम्रो चाहाना हो । साथै, कृषिलाई आधुनिकीकरण गर्न, प्रविधि भित्र्याउन पनि यसले सहयोग गर्नुपर्छ भन्ने हो । त्यसमा नेपाल सरकार, राष्ट्र बैंक तथा नेपाल बैंकर्स संघको पनि सहयोग हुन्छ ।’

यस्तै, कृषि क्षेत्रमा हुने कर्जा प्रवाहमा पनि कृषि विकास बैंकले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने उनले बताए । साथै, यस्तै, नेपाल सरकारले ल्याएको सहुलितयपुर्ण कर्जा र कृषि सम्बन्धी कर्जामा यो बैंकको महत्वपुर्ण नेतृत्व तथा भुमिका हुनुपर्र्ने उनले बताए । समग्रमा कृषि विकास बैंक कृषि विकास बैंकको इको सिस्टममा संलग्नता हुनुपर्ने उनको भनाइ छ ।

यस्तै, कृषि विकास बैंकले २ बर्षमा १८ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्नु सकरात्मक पक्ष भएको गभर्नरले बताए । ‘इको सिस्टममा कृषि बैंकको संलग्नता हुनपर्छ, आधुनिक बजारमा कृषि बैंकले लगानी गर्न आवश्यक छ । भाटभटेनी जस्ता कुनै अन्य प्रोजेक्टमा लगानी गर्नुपर्छ ‘– गभर्नर अधिकारीले भने ।

सोही अवसरमा कृषि विकास बैंकले कृषिको व्यावसायीकरण, उत्पादन अभिवृद्धि ग्रामीण रोजगारी सिर्जना, बैंकिङ सेवाको पहुँच विस्तार एवम् गरिबी न्यूनीकरणका क्षेत्रमा पुयाएको योगदान सराहनीय रहेको उनले बताए ।

‘बैंकले कृषि क्षेत्रमा आवश्यक कर्जा लगानीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कृषकहरुका लागि आवश्यक कर्जा व्यवस्थापनका साथै कृषि तालिम मार्फत कृषकको क्षमता अभिवृद्धि गर्दा कृषि उत्पादकत्व बढ्ने र समग्र अर्थतन्त्रको विकास र विस्तारमा योगदान पुग्न अपेक्षा गर्न सकिन्छ’– गभर्नर अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस्