कांग्रेसबाट ८ मन्त्री फाइनल : अर्थमा महतको छलाङ, कसलाई के जिम्मेवारी ? « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

कांग्रेसबाट ८ मन्त्री फाइनल : अर्थमा महतको छलाङ, कसलाई के जिम्मेवारी ?



काठमाडौं । नयाँ बन्ने सरकारका लागि नेपाली कांग्रेस मन्त्रीहरुको टुंगो लगाएको छ । नेपाली कांग्रेस रक्षा र अर्थसहित आठ वटा मन्त्रालय पाउने भएको छ ।

सोही अनुसार उप्रधान तथा रक्षा मन्त्रीमा पूर्ण बहादुर खड्काले बन्ने भएका छन् । अर्थमन्त्रीको जिम्मा भने डा. प्रकाशशरण महतले पाउने भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस फुटाएर प्रजातान्त्रिक बनाउँदादेखि मुख्य साथ दिँदै आएका महतले अर्थमन्त्रीमा बाजी मारेका हुन् ।

उनका सहोदर दाजु पुर्व अर्थमन्त्रीडा. रामशरण महत गिरिजा प्रसाद कोइराला, शुशिल हुँदै शसांकलाई साथ दिँदै आए पनि भाई महत भने सधै एन्टि गुटमा लागेकाले विगतमा उर्जा परराष्ट्र हुँदै अर्थमा छलाङ मारेका हुन् । कांग्रेसबाट सरकारको नेतृत्व गरेर जान लागेका उपसभापति पूर्णबहादुर खड्काले पनि अर्थमन्त्रीमा ईच्छा देखाईरहेको बेला देउवाले महत चुनेका हुन् । यसअघि कांग्रेसबाट विनोद चौधरी, ज्ञानेन्द्रबहादुर कार्की लगायतको नाम अर्थमन्त्रीको रुपमा चर्चा भएपनि अन्ततः डा. महत अर्थमन्त्रीमा छलाङ मारेका हुन् ।

यस्तै, कांग्रेसको तर्फबाट रमेश रिजाल परराष्ट्र मन्त्री, धनराज गुरुङ सामान्य प्रशासन मन्त्री, एनपी साउँद शहरी विकास मन्त्री, सिता गुरुङ भूमि ब्यवस्था मन्त्री, डिग बहादुर लिम्बू कानून तथा संसदीय मामिला र मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्