५ जलविद्युत परियोजनाका लागि डेढ खर्ब लगानी स्वीकृत « Arthapath.com
३० चैत्र २०७९, बिहीबार

५ जलविद्युत परियोजनाका लागि डेढ खर्ब लगानी स्वीकृत



काठमाडौं । पाँच वटा जलविद्युत परियोजनाका लागि डेढ खर्ब बढी लगानी स्वीकृत भएको छ । लगानी बोर्डले पाँच जलविद्युत परियोजनाहरुका लागि १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरको हो ।

बिहीवार सम्पन्न लगानी बोर्डको बैठकले १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए ।

सीईओ भट्टका अनुसार बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि ९२ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । यसका साथै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत परियोजनाको ३३ अर्ब १९ करोड रुपैयाँ, ७० मेगावाटको दुधकोसी–२ (जलेश्वर) जलविद्युत परियोजनाको २० अर्ब ३५ करोड रुपैयाँ, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको १३ अर्ब ४४ करोड र ४३ मेगावाटको अप्पर मादी–खोला जलविद्युत परियोजनाको लागि ७ अर्ब ९३ करोड रुपैर्इाँ लगानी स्वीकृत गरेको सीईओ भट्टले बताए ।

बैठकले लगानी बोर्डको ५०औं बैठकको निर्णयानुसार DIAG Industries GmbH German ले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग सम्पन्न गरिने समझदारीपत्र र डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरिने समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको छ
यसैगरी Green Calcium Ammonium Nitrate (CAN) मल उत्पादन गर्न अध्ययन अनुमतिका लागि मलेसियाको Green Calcium Ammonium Nitrate (CAN) ले पेश गरेको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ।

मन्त्रिपरिषद्को निर्णयानुसार पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि ल्ज्एऋ ीष्mष्तभम, क्ष्लमष्ब सँग भएको समझदारीपत्रका व्यवस्था अनुरूप प्रारम्भिक अध्ययन प्रतिवेदनका सम्बन्धमा विकासकर्ताले गरेका कार्यहरुको जानकारी लिदैं विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न निर्देश गरेको छ ।

त्यस्तै बोर्डले तमोर जलाशययुक्त परियोजना, लजिष्टिक परियोजनाहरु र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टको प्रगतिका सम्बन्धमा जानकारी लिएको छ ।


प्रतिक्रिया दिनुहोस्