मौद्रिक नीतिको तेस्रो समिक्षाः १ प्रतिशतले घट्यो बैंक दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्यमान बैंक दरलाई घटाएको छ । १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अद्र्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ ।
फलस्वरुप, अन्तर बैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।