तेमाल गाउँपालिका–२ मा बेथिति: वडाध्यक्ष देवराज तामाङ विरूद्ध अख्तियारमा मुद्धा « Arthapath.com
२९ असार २०८०, शुक्रबार

तेमाल गाउँपालिका–२ मा बेथिति: वडाध्यक्ष देवराज तामाङ विरूद्ध अख्तियारमा मुद्धा



काठमाडौं । काभ्रेपलाञ्चाकको तेमाल गाउँपालिका–२ का वडाध्यक्ष देवराज तामाङको मिलेमोतोमा एउटै कामबाट दोहोरो भुक्तानी लिएको भन्दै अख्तियारमा मुद्धा परेकाे पाइएको छ ।

वडा अध्यक्ष तामाङले आफ्नो विश्वासका पात्र मानिने गणेशमान तामाङसंगको मिलेमोतोमा दोहोरो भुक्तानी लिएको पाइएको हो । वडा अध्यक्ष तामाङ्गले गणेशमान तामाङलाई दुईवटै योजना: कोटतेमाल लौखानी छापडाँडा वडा कार्यालय सडक उपभोक्त समिति र कोटतेमाल लौखानी छापडाँडा श्वाँराडाँडा चुखावेशि सडक उपभोक्त समितिको अध्यक्ष बनाए थिए ।

तेमाल गाउँ पालिका वडा नं. २ मा आर्थिक वर्ष २०७९/८० को तीन वटा योजना रहेको थियो । कोट तेमाल लौखानी छापडाँडा वडा कार्यालय सडक (वडा स्तरिय)का लागि ७ लाख, कोटतेमाल लौखानी छापडाँडा श्वाँराडाँडा चुखाबेशि सडक (प्रदेश स्तरिय ) २० लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम (वडा स्तरिय ) ८ लाख रुपैयाँको तीन वटा योजना परेको थियो ।

तर, वडा अध्यक्ष उपभोत्ता समितिको अध्यक्ष मिलेर ३ ओटा योजनाको फरक फरक काम गर्नुपर्नेमा एउटै काम गरी सोही कामलाई देखाई योजनाको भुक्तानी लिएको व्यापाक जनगुनासो आएको छ । उपभोक्त समिति र वडाध्यक्षको मिलिमतोमा ३ ओटा योजनाको भुक्तानी लिएको व्यापक जनगुनासो सहित अख्तियारमा समेत मुद्दा दायर भएको छ ।

अख्तियारमा मुद्दा परेको सुचना प्राप्त भएलगतै जनता र अख्तियारलाको आँखा छल्नको लागि भुक्तानी लिई सकेको योजनाको काम धमाधम रातरात गर्दै गरेको सूचना पनि प्राप्त भएको छ ।

साथै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत किर्ते दुईवटा उपभोक्त समिति बनाई उक्त समितिको अध्यक्षमा वडाध्यक्ष देवराज तामाङले कालदाश तामाङ र कमान सिं तामाङलाई प्रभलोबनमा पारि काम नै नगरीकन उक्त उपभोक्त समितिको नामबाट ८ लाख रुपैयाँ पनि भुक्तानी लिएको खुल्न आएको छ ।


प्रतिक्रिया दिनुहोस्