भ्रष्टचारी एमाले हुन सक्दैन, भ्रष्टचारी जाेगाउन एमाले लाग्दैन : राजेन्द्र गाैतम « Arthapath.com
३० असार २०८०, शनिबार

भ्रष्टचारी एमाले हुन सक्दैन, भ्रष्टचारी जाेगाउन एमाले लाग्दैन : राजेन्द्र गाैतम



धनगढी । कुनैपनि भ्रष्टचारी नेकपा एमालेकाे कुनैपनि जिम्मेवारीमा रहन नसक्ने नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रकाशन तथा प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले बताएका छन् ।

शनिबार कैलालीकाे धनगढीमा आयाेजित सुदूरप्रश्चिम प्रदेश स्तरीय प्रचार याेजना तर्जुमा विस्तारित बैठकलाई संबाेधन गर्दै नेता गाैतमले एमाले भ्रष्टचार निर्मुल पार्न हिँडेकाे पार्टी रहेकाे बताए ।

जलहरी काण्डमा एमालेलाई फसाउन नेपालका राजनितीक दलहरू उद्यत रहेकाे गाैतमले बताए । जलहरीमा कुनै खाेट नभेटेपछि उनिहरूकाे अनुहार चाउरिएकाे बताए ।

‘भ्रष्टचारमा मुछिएका काेही एमाले हुँदैन’, उसले कानुनी सफायाँ नपाएसम्म एमालेमा सक्रिय हुन सक्दैन ।’

भ्रष्टचारमा सुन्य शहनसिलता एमालेमरकै एजेण्डा रहेकाे बताउँदै नेता गाैतमले चुटानी शरणार्थी प्रकरणमा एमालेले उच्च तहकाे सहयाेग गरेकाे बताए ।

नेता गाैतमले अहिले देशमा समाजवादी माेर्चाकाे नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले सत्ता जाेगाउने अश्र बनाएकाे बताए ।

https://fb.watch/lOci3pOQhy/?mibextid=Nif5oz

एमाले सुदूरपश्चिम प्रदेश प्रचार विभाग प्रमुख बलदेव रेग्मीकाे सभापतित्वमा भएकाे कार्यक्रममा एमाले प्रदेश अध्यक्ष तथा सांसद दामाेदर भण्डारी, एमाले पाेलिटव्यूराे सदस्य राजेन्द्र सिंह रावल, केन्द्रीय सदस्य भैरव बहादुर सिंह, सन्ताेष शर्मा, कमला बाेहाेरा, एमाले सल्लाहाकार कमिटी सदस्य डिल्लीराज भट्ट, केन्द्रीय प्रचार विभाग सचिव गगन विष्ट, प्रेस चाैतारी नेपालका अध्यक्ष गणेस बस्नेत र एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठक लगायतले बाेल्नुभएकाे थियाे ।

कार्यक्रममा प्रदेशका ९ जिल्लाका प्रचार विभाग प्रमुखहरूले जिल्लागत प्रचारका याेजना र भएका कामका बारेमा संबाेधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्