३ बजे पत्रकार सम्मेलनबाट मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारी « Arthapath.com
७ श्रावण २०८०, आईतवार

३ बजे पत्रकार सम्मेलनबाट मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि आज मौद्रिक नीति जारी गर्न लागेको हो ।

मौद्रिक नीतिका लागि केन्द्रीय बैंकले आज दिउँसो तीन बजे पत्रकार सम्मेलन गर्दैछ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलनबाटै मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् । सम्मेलन होटल याक एण्ड यतिमा डाकिएको छ ।

आगामी मौद्रिक नीति आइतबार बिहान बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले पनि पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्