राष्ट्र बैंकको सञ्चालक समिति बैठक सकियो, के भयो निर्णय ? « Arthapath.com
५ आश्विन २०८०, शुक्रबार

राष्ट्र बैंकको सञ्चालक समिति बैठक सकियो, के भयो निर्णय ?



काठमाडौं । शुक्रबार बसेको नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले सकिएको छ । बैठकमा अर्थमन्त्रालयका नवनियुक्त सचिव डा. कृष्णहरि पुष्करलाई संचालकको रुपमा स्वागत गरिएको छ ।

तर, अन्य विषयमा छलफल तथा निर्णयहरु भने नभएको हो । राष्ट्र बैंकको बोर्ड मिटिङ सेयर धितो कर्जामा लगाएको १२ करोडको हटाउने विषय निर्णय हुने अनुमान गरिएको थियो । तर, शुक्रबार बसेको बैठक त्यस्ता कुनै पनि विषयमा छलफल नभएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।

उनले भने,– ‘अहिले बजारमा अर्थमन्त्रीले भने जस्तो सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउन वा संशोधन गर्ने भन्ने विषयमा कुनै पनि छलफल भएको छैन । हाल नव नियुक्त अर्थ सविचलाई राष्ट्र बैंक संचालकको रुपमा स्वागत मात्रै गरिएको हो ।’

राष्ट्र बैंकको बैठकले निकै यति बेला निकै चासोको रुपमा हेरिएको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउने धेरैले अनुमान गरेका थिए । तर, शुक्रबार बसेको बैठकमा त्यस्ता विषयमा कुनै पनि छलफल नभएको मिश्रको भनाई । यद्यपि, यस्ता विषयमा आगामी बैठकमा छलफल तथा निर्णय हुने उनले बताए ।

गत सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महत र गभर्नर महाप्रसाद अधिकारीले समसायिक विषयमा छलफल गरेका थिए । अर्थमन्त्रीले अहिले कायम भएका सेयर धितो कर्जामा १२ करोडको सीमा लगायतका प्रावधानलाई खुकुलो बनाएर अघि बढ्न सुझाव दिएका थिए । त्यस विषयमा गभर्नर पनि सकरात्मक रहेको बताइएको थियो । यद्यपि, अब बस्ने राष्ट्र बैंक संचालक समितिको बैठकले नै सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने यता खारेज नै गर्ने भन्ने विषयमा निर्णय गर्नेछ।


प्रतिक्रिया दिनुहोस्