पुँजीगत खर्च बढाएर आर्थिक वृद्धि गर्न सरकारलाई आइएमएफको सुझाव

काठमाडौं । पुँजीगत खर्च बढाएर आर्थिक वृद्धि पनि बढाउन नेपाल सरकारलाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सुझाव दिएको छ ।
राजधनीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आइएमएमले यस्तो सुझाव दिएको हो । उक्त कार्यक्रममा आइएमएमएफ मिसन चिफ टिडिएन किन्डाले नेपालको आर्थिक वृद्धि ३.१ हुने जानकारी गराएका थिए । उनले सरकारले पुँजीगत खर्च बढाउन सके आर्थिक वृद्धि पनि बढाउन सकिने बताए । सोही अवसरमा राजश्ज बढाएर सस्तो ब्याजदरमा सहुलियतपूर्ण कर्जा लिएर पुँजीगत खर्च बढाउन किन्डाले सरकारलाई सुझाव दिए ।
आइएमएफले कर नेपालको कर प्रणालीमा सुधार गरि राजश्व बढाउन सुझाव दिएको छ । यसका साथै नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि तथ्याङ्कमा आधारित मौद्रिक नीति बनाउनुपर्नेमा जोड दिएको छ ।
आइएमएफ टोली नेपाल भ्रमणमा छ । भ्रमणमा आइएमएफको एसिया प्रशान्त विभागको उपप्रमुख एनीमेरी गुल्डे बुल्फ समेत छिन् । कोषले नेपालको माइक्रोइकोनोमिको विषयमा छलफल गरिरहेको छ ।