बीमा कम्पनीले प्रिमियम लिएपछि भुक्तानी दिन पनि आनकानी गर्नै हुँदैन: अर्थमन्त्री महत « Arthapath.com
४ फाल्गुन २०८०, शुक्रबार

बीमा कम्पनीले प्रिमियम लिएपछि भुक्तानी दिन पनि आनकानी गर्नै हुँदैन: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलविद्युत आयोजनाहरुको बीमा दावी भुक्तानीमा आनकानी गर्न नहुने बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले शुक्रबार राजधानीमा आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण विषयम अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् ।

उनले निर्जीवन बीमा कम्पनीहरुले बीमा प्रिमियम लिएपछि दाबी भुक्तानीमा पनि आनकानी गर्न नमिल्ने बताए । ‘कम्पनीहरुले प्रिमियम लिन पाइराखियोस्, तर, दिन नपरोस् जस्तो प्रवृति देखिन्छ । यद्यपि, यो इन्स्योरेन्स सेक्टरमा मात्रै होइन’ अर्थमन्त्री महतले भने,‘प्रिमियम लिएपछि भुक्तानी गर्नै पर्छ, समयमै भुक्तानी नगर्दा यसले दिर्घकालिन समस्या ल्याउछ ।’ उनले दाबी भुक्तानीमा ढिलाई गर्न नहुने बताए ।

जुनसुकै बेला समस्या आउँछ भनेरै बीमा गरिने हुदाँ धेरै रकम उठाउन नमिल्ने उनको तर्क छ । जोखिम हेरेर त्यसकै आधारमा दर कायम गनुपर्ने अर्थमन्त्री महतको भनाई छ । उनले भने,‘बीमा शुल्क बढी लिएको सन्दर्भ छ, ट्यारिफ र नट्यारिफलाई खुल्ला छोड्नुपर्छ । खुला अर्थतन्त्र र प्रतिस्पर्धामा प्रवेशपछि नै बजारले धेरै कुराको निर्धारण गर्छ ।’


प्रतिक्रिया दिनुहोस्