नेकपा एमाले तारकेश्वर गाउँपालिका–२ को अध्यक्षमा थापा « Arthapath.com
५ फाल्गुन २०८०, शनिबार

नेकपा एमाले तारकेश्वर गाउँपालिका–२ को अध्यक्षमा थापा



काठमाठौं । नेकपा एमाले तारकेश्वर गाउँपालिका–२ नुवाकोटको दोस्रो वडा अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले हरि बहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले थापाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन गरेको हो । समिटिको उपाध्यक्षमा चिरञ्जिवी अधिकारी, सचिवमा टेकबहादुर मास्के, उपसचिव रिता नेपाल, उपसचिवमा बासु अधिकारी रहेका छन् ।

शनिबार सम्पन्न अधिवेशनमा पूर्व संघीय सांसद नारायण प्रसाद खतिवडा, तारकेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष रमेश वस्ती, नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्यहरु समर बहादुर आलेमगर र नारायण रिमाल, प्रेस चौतरी नेपालका सचिव विष्णु तारुके लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्