त्रिविको उपकुलपतिमा प्रा.डा. बराल « Arthapath.com
१० फाल्गुन २०८०, बिहीबार

त्रिविको उपकुलपतिमा प्रा.डा. बराल



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । बिहीबार बराललाई उपकुलपतिमा नियुक्ति भएका हुन् ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका बराललाई प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका हुन्। त्रिविको उपकुलपति छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा प्राडा चित्रबहादुर बुढाथोकी, बराल र प्राडा टंकनाथ धमला रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्