७ अर्ब भुक्तानी नपाएपछि दुग्ध किसानहरू आन्दोलित, फागुन २१ गते एमाले बागमती प्रदेशको विरोध सभा « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

७ अर्ब भुक्तानी नपाएपछि दुग्ध किसानहरू आन्दोलित, फागुन २१ गते एमाले बागमती प्रदेशको विरोध सभा



काठमाडौं । दूधको भुक्तानी नपाएको भन्दै देशभरका दुग्ध उत्पादक किसानहरूको आन्दोलनमा नेकपा एमाले बागमती प्रदेशले पनि ऐक्यबद्धता जनाएको छ।

विगत केही समयदेखि अखिल नेपाल किसान महासङ्घ, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको अगुवाइमा निरन्तर भएको आन्दोलनमा एमाले बागमतीले पनि ऐक्यबद्धता जनाएको हो । किसानहरूको भुक्तानी समयमै प्रदान गर्न सरकारसँग जोडदार माग गरेको छ ।

उक्त माग सहित अगामी फागुन २१ गते सोमबार माइतीघर मण्डलामा एमाले बागमती प्रदेशले वृहत् विरोध सभा गर्ने भएको हो । किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमा नपाएको कारण गाई, भैँसीलाई ढुटो, खाना खुलाउन पनि नकस्ने अवस्था सृजना भएको छ ।

उक्त समस्या सृजना भइरहेको अवस्थामा दुग्ध उद्योग र सरकारी पक्षसँग निरन्तर छलफल वार्ता भएता पनि कार्यान्वयन भने हुन सकिरहेको छैन । भुक्तानी नपाएपछि अखिल नेपाल किसान महासङ्घ, केन्द्रीय  दुग्ध उत्पादक सहकारी सङ्घको अगुवाइमा किसानहरू आन्दोलित छन् ।

दुग्ध किसानले चार महिना देखि भुक्तानी पाएका छैनन् । उनीहरूको करिब ७ अर्ब रकम भुक्तानी हुन बाँकी छ । यसमा डेरी उद्योग सङ्घ र डेरी एसोसिएसनको करिब ६ अर्ब र डीडीसीको ९० करोड रुपैयाँ बराबरको भुक्तानी पाउन सकेका छैनन् । 


प्रतिक्रिया दिनुहोस्