हिमालयन हाइड्रो एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि समेत टेवा पुग्छः मन्त्री बस्नेत « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

हिमालयन हाइड्रो एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि समेत टेवा पुग्छः मन्त्री बस्नेत



काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतीको महत्वपूणर् आधार रहेको बताए । हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन समारोहमा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्वाकाक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो’ उनले भने ।

लगानीको लागि देशभित्रको स्रोतमात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बताए । अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत विद्येयक चाडोभन्दाचाडो पारित भइ कार्यान्वयनमा आउने उल्लेख गरे ।

जलविद्युत परियोजना विकासको लागि नयाँ विद्युत ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने विश्वास व्यक्त गरे । ‘परियोजनाको लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ’ मन्त्री बस्नेतले भने ।

अहिले जलविद्युत परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्धासमेत पेचिलो बन्दै गएको छ । यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि समेत टेवा पुग्ने बताए ।


प्रतिक्रिया दिनुहोस्