प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई दिवसीय औपचारिक भ्रमणमा आज छिमेकी मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गरेका हुन् ।