मोदीलाई बधाई दिएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएर स्वदेश फर्केका छन् ।
दुई दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्केका हुन् । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ जाएका थिए ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कार्यवाहाक प्रधानमन्त्रीको समत जिजम्मेवारीमा हरेका उपप्रधानमन्त्री रघुविर महासेठ, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे ।
सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए भने नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरे । उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।