स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी कार्यमा १० अर्व लगानी, सहकार्य गर्ने ढकालको प्रतिवद्धता « Arthapath.com
३० आश्विन २०८१, बुधबार

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी कार्यमा १० अर्व लगानी, सहकार्य गर्ने ढकालको प्रतिवद्धता



स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताए ।

उनले भने, “जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अबसर खोजिरहेका छन् त्यसलाई एकिकृत गर्ने हो भने पुजीको कुनै समस्या हुदैन ।“

अध्यक्ष ढकालले भने, “यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नुपर्छ ।“

ढकालले यो डेढ बर्षको अबधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफुहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउदै आफुहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराए ।

नीजि क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको बिषय, कर सम्बन्धी समस्या लगायतका बिषयमा आफुहरु निरन्तर लागिरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्