नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर



काठमाडौं । नेपाल र चीन सरकारबीच बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

बुधवार बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू छन् ।

टोखा–छहरे सुरुङमाग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल रहेका छन् ।

यस्तै, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स परियोजनाहरु बीआरआई सहकार्य फ्रेमर्वकमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्