पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गीत गर्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने धारणा व्यक्त गरे ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् । उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् ।
उनले ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिए । पूर्वराजाले पार्टी खोले पनि त्यसमा सहभागी हुनेहरूले धेरै दुःख पाउने देउवाको भनाइ थियो ।