अशान्त बन्दै राजावादीको प्रदर्शन, अश्रुग्याँस प्रहार « Arthapath.com
१५ चैत्र २०८१, शुक्रबार

अशान्त बन्दै राजावादीको प्रदर्शन, अश्रुग्याँस प्रहार



काठमाडौं । काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्दा पनि राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएको हो । अशान्त बन्न खोजेपछि केही राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् ।


प्रतिक्रिया दिनुहोस्