प्रधानमन्त्रीको २ दिने झापा–इलाम यात्रा: माई–कनकाईमा लालपुर्जा वितरण, बिर्तामोडमा सम्बोधन « Arthapath.com
२५ असार २०८२, बुधबार

प्रधानमन्त्रीको २ दिने झापा–इलाम यात्रा: माई–कनकाईमा लालपुर्जा वितरण, बिर्तामोडमा सम्बोधन



बिर्तामोड । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली असार २८ र २९ गते झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।

पहिलो दिन प्रधानमन्त्री ओलीले झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन् । त्यसपछि इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन, जग्गाधनी पुर्जा वितरण तथा खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि झापाको कनकाई नगरपालिकामा पनि पुर्जा वितरण कार्यक्रम हुनेछ ।

बिर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनपछि ओली काठमाडौं फर्किने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्