विश्वप्रकाश शर्माले झापाबाट खसाले भाेट
झापा । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्।
शर्माले आज बिहान झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
यसपटक चुनावी प्रतिस्पर्धामा उम्मेदवार नरहे पनि पार्टीको निर्वाचन परिचालन समितिको नेतृत्व गरिरहेका शर्माले आफ्नो गृहजिल्लाबाट मतदान गर्दै लोकतान्त्रिक अभ्यासमा सहभागी भएका हुन्।















