श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरानमा गरे मतदान « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरानमा गरे मतदान



धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले धरान-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।

अध्यक्ष साम्पाङ यस निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुन्।


प्रतिक्रिया दिनुहोस्