शान्तिपूर्ण निर्वाचनका लागि अपील गर्दै अनिवार्य मतदान गर्न प्रधानमन्त्रीको आह्वान « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शान्तिपूर्ण निर्वाचनका लागि अपील गर्दै अनिवार्य मतदान गर्न प्रधानमन्त्रीको आह्वान



काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आम मतदाताहरूलाई अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न विशेष आग्रह गरेकी छन्। आज बिहीबार (फागुन २१ गते) भइरहेको प्रतिनिधि सभा निर्वाचनका क्रममा सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेकी हुन्।

फेसबुकमा सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।” उनले मतदाताको प्रत्येक मत देशको भविष्य र लोकतन्त्रको सुदृढीकरणका लागि निर्णायक हुने समेत उल्लेख गरेकी छन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन मतदाताहरूले देखाएको संयम र समझदारीप्रति आभार व्यक्त गर्दै ढुक्क भएर मतदान गर्न अपिल गरेकी छन्। मुलुकको पहिलो महिला कार्यकारी प्रमुखका रूपमा उनले यस ऐतिहासिक निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सम्हालिरहेकी छन्।


प्रतिक्रिया दिनुहोस्