माधव कुमार नेपालले गरे रौतहट क्षेत्र नम्बर १ बाट मतदान
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ को घोरबाट मतदान गरेका छन्।
नेपालले आज रौतहटको गौर नगरपालिका वडा नं. २ मा रहेको मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेका छन्।
नेपालले रामजानकी कन्या आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा पुगेर बिहानै मतदान गरेका हुन्।
मतदानका क्रममा सुरक्षाकर्मी एवं जनप्रतिनिधिहरूको उपस्थिति उल्लेख्य रहेकाे छ । निर्वाचनका लागि स्थानीय मतदातामा उत्साह देखिएको छ भने मतदान केन्द्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।















