पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङ्टार पुगेर गरे मतदान
गोरखा । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता डा. बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोरखाबाट मतदान गरेका छन्।
जारी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भट्टराईले आज बिहान सवा ९ बजे गोरखाको पालुङ्टार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
यसपटकको निर्वाचनमा डा. भट्टराईको दल प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारहरूलाई समर्थन गरेको छ।
भट्टराईले मतदान गरेको अन्नपूर्ण मावि केन्द्रमा बिहानैदेखि उत्साहजनक रूपमा मतदाताहरूको उपस्थिति रहेको छ।















