भारतबाट विद्युत आउनेक्रम घटेन « Arthapath.com
२० माघ २०७६, सोमबार

भारतबाट विद्युत आउनेक्रम घटेन



काठमाडौं । नेपालमा विद्युतको माग बढेपनि चालु आवको जुलाईदेखी डिसेम्बर २०१९ सम्म भारतबाट ५ अर्ब ६ करोड ८१ लाख रूपैयाँको विद्युत आयात भएको छ । जुन गत बर्षभन्दा २३ करोड रूपैयाँ बढीको विद्युत आयात भएको हो । गत वर्ष यसै अवधिमा ४ अर्ब ८३ करोड रूपैयाँको ५४ करोड ७५ लाख युनिट आयात भएको थियो भने चालु आव ५ महिनामा ५ अर्ब ६ करोड रुपैयाँको ६१ करोड ८१ लाख युनिट विद्युत आयात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । तर विगत बर्षमा २० अर्व वरावरको आयात हुने गर्दथ्यो ।

आर्थिक वर्ष २०७४/०७५ मा १९ अर्ब १० करोड ८६ लाख रूपैयाँको २ अर्ब ४३ करोड ५८ युनिट विद्युत आयात भएको थियो । गत आर्थिक वर्षमा भने २२ अर्ब ७० करोड रूपैयाँको २ अर्ब ७७ करोड ४९ लाख युनिट विद्युत आयात भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ३५ करोड युनिट र साढे ३ अर्ब रूपैयाँ बढी भुक्तानी भएको जनाएको छ । नेपालमा यो बर्ष १ सय ५० मेगावाटको विद्युत राष्ट्रिय प्रसारण लाईनमा थप भएपनि आयातमा कमी आउन सकेको होईन् । हाल साढे ११ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्