सवारी लाइसेन्स अनलाइन फारम आजदेखी « Arthapath.com
२२ माघ २०७६, बुधबार

सवारी लाइसेन्स अनलाइन फारम आजदेखी



काठमाडौं । सवारीचालक अनुमतीपत्र (लाइसेन्स)को अनलाइन फारम भोलि बिहान ६ देखि राती १० बजेसम्म खुल्ने भएको छ ।

१६ गतेदेखि सफ्टवेयरमा परिमार्जन गर्न अनलाईन सेवा बन्द यातायात व्यवस्था विभागले बन्द गरेको थियो ।

दैनिक करिव ६ हजारले फारम भर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

देशभर लाईसेन्सका लागि अनलाईन फारम अनिवार्य गरेको विभागको वेबसाईट www.dotm.gov.np गएर फारम भर्न सकिने छ ।

ट्रायल पास गरेका सेवाग्राहीको सङख्या दैनिक थपिँदै जाँदा अहिले करिव ६ लाख सेवाग्राहीको लाईसेन्स ब्याक लकमा रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्