नुवाकोटमा उच्च सतर्कता,चैत्र १२ बाट प्रवेशमा रोक « Arthapath.com
१० चैत्र २०७६, सोमबार

नुवाकोटमा उच्च सतर्कता,चैत्र १२ बाट प्रवेशमा रोक



काठमाडौं । कोरोना भाईरसको संक्रमण रोकथामका लागि नुवाकोट जिल्लामा उच्च सतर्कता अपनाईएको छ भने संभावित जोखिमहरुलाई मध्यनजर गर्दे आवश्यक तयारीका कार्यहरुलाई तिब्रताका साथ अघि बढाईएको छ । यसै सन्दर्भमा चैत्र १२ गते बुधबारबाट नुवाकोट प्रबेश गर्ने सबै नाकाहरुबाट सवारी साधनहरु प्रबेशमा रोक लगाईएको छ भने जिल्ला भित्रपनि अत्याबश्यक सेवा बाहेकका सवारी साधनहरु संचालन गर्न निषेध गरिएको छ ।

जिल्ला समन्य समिति नुवाकोटका प्रमुख सन्तमान तमाङको अध्यक्षतामा सोमबार बसेको कोभिड संक्रमण नियन्त्रण संबन्धि समितिको बैठकले चैत्र १२ गतेदेखि एकहप्ता सम्म बाहिरी जिल्लाबाट नुवाकोट प्रबेश गर्ने सबै नाकाहरुबाट तथा जिल्ला भित्रपनि अत्यावश्यक बाहेकका सवारी साधनहरु संचालनमा रोक लगाउने र सवारी संचालन गरेमा प्रचलित कानुन बमोजिक कारबाही गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था कोईकाद्वारा निर्मित नयाँ भवनमा १० वडा आईशोलेसन बेड तयार गर्ने र त्यसका लागि सबै गाउँपालिकाले अस्पताल बिकास समितिलाई दुई–दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । यसैगरी बैठकले सबै पालिकाले कम्तीमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने ,प्रत्येक वडामा नयाँ र संक्रमित क्षेत्रबाट आएकाहरुको लगत राखि उनीहरुलाई १४ दिन होम क्वारेन्टाईनमा राख्ने तथा संक्रमण रोकथामका लागि सरोकारवाला सबै निकायहरुबिच समन्वयात्मक र एकीकृत पहलकदमी जारी राख्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्