“मार्कामा प्रेम जोडीहरु” « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

“मार्कामा प्रेम जोडीहरु”



एका विहानै मिस्कल आयो म निद्रामै थिए मतलब गरिन । फेरि आयो मैले मतलब गरिन करिब चारचोटी आयो । मैले पाचौ चोटी आउदा अब साइलेन्ट मोडमा राख्नुपर्छ सोचेर हातमा लिए । उसको बानी था थियो मलाइ । मिस्कल गर्न सुरुगरेपछि फोन नगर्दा सम्म  रोकीदैन  भनेर । हातमा मोबाइल लिएकै बेला फेरी आयो यो पटक अलि लामो घण्टी बज्यो उसको फोन गर्ने बानी त थिएन तैपनि सायद फोन नै होकी सोचेर उठाइ हाले । उताबाट हतार हतार आवाज आयो । त्या बाट फोन गर्नू छिटो । मैले फेरीपनि मतलब गरेन । एकछिन पछि फेरि मिस्कल आयो । दुइचोटी मिस्कल पछि फेरि फोन आयो मेरो निन्द्रा डिस्टब भैसकेको थियो । मैले तिन घण्टी बजिसकेपछि फोन उठाए । फोन गर्नुन भन्या यार कति भाउ खोजेको ? मैले भने अरे के भो यार बिहान बिहानै मेरोमा ब्यालेन्स छैन । बाहाना नगर्नु न यार फोन गर्नुन एकचोटी उ फेरी अलि झोक्कीएर बोली । मैले साच्चै हो के भन्दा पत्याइन करिब एकमिनेट कुरा भैसकेको थियो उ रिसाइ उ संग ब्यालेन्स जतिसुकै भएपनि मिस्कल गर्ने र फोन नगरे रिसाउने पुरानै बानी हो । उ रिसाएर बोली नाटक गर्नुहुन्छ अरुलाइ गर्नलाइ होला नि मलाइ गर्न का होला त अब, पैला पो खुब हुन्थ्यो मैले नभनेर पनि गरेको गरेइ गर्नुहुन्थयो । अरे पैला हुन्थ्यो र गर्थे नि अचेल त यस्तो बन्द छ रिचार्ज नै पाइदैन बुझ्दैनौ ? उ फेरि रिसाएर भो भो  यति भनेर सन्केर फोन राखी हालि ।

यो मेरी पुर्व प्रेमीकासंगको काहानी हो । पैला खुब मिठा कुरा हुन्थे, माया पिरतीका, संगै बस्ने संगै जिउने संगै मर्ने । माया पिरतीमा त सबैकुरा सम्भव हुन्छ भन्ने अनुभव पनि तेसै बखत भएको थियो जे पनि भनिदो रहेछ । कुन्नी हिम्मत काहाबाट आउछ । यति मिठा शब्दहरु का बाट आउछन त्यतिबेला थाहै हुदैन रहेछ ।पछि बिचमा खै के सानो  कुरामा खटपट परेर झगडा पर्यो बोलचालै बन्द हुने अवस्थामा पुग्यो । लामो समय बोलचाल बन्द भयो ।  तर अचानक उनले यसरी फोन गरिन सायद यो समय संग दिक्क लागेर टाइमपास गर्ने मन लागेर होकी ? लकडाउन ले दिनभर घरमा बोर भएपछि  “कोहिन कोहि उहि पुरानी जोइ” भनेजस्तै उनलेपनि समयको सदुपयोग गर्न मलाइ सम्झेको हुनुपर्छ भन्ने लाग्छ । फेरी कुरा गर्नमा म ठिक्क पार्छु उ रिसाएपनि मख्ख पर्छे एकछिन त । नभय मैले लकडाउन भन्दा अगाडि कैलेकाइ फोन गर्न खोज्दा खुब निमोठिएर बोल्ने मान्छे अचानक यति नम्र कसरी हुन्छे ? अचम्म हैन त ?

अचेल एउटा नया प्रेमीका छीन । नया नया भएर होला खुब कुरा गर्न मनलाग्छ । कुरा भै रहन्छ  मस्कीदै, जीस्कीदै फोन sms फेसबुकमा पनि । फोटो पठाउने उताबा पठाइ माग्ने ताल परे भिडयो कल गरौ न भन्ने । अनुहार राम्रो  संग देखीएन देखाउन भनि हाल्ने त्यो सल हटाउन के लाज मानिरा होला यतिपनी भन्दीने । एकछिन प्रशंसा गर्ने । अचेल त गोरी भएछौ, मोटाएछौ , तिम्रो मुस्कानले त घाएल बनायो थोरै हासन एकचोटी। ऐ है  मारडाला रे । हुन त तिमी त्यसैपनै राम्री हो हासेपछि त कुरै छोड ।  दिनभरी यि कुराहरु गरेर खुब रमाइलो गर्ने । कोठामा चुक्कुलै लगाएर पल्टीदै बटारीदै गफ गर्ने बयान गर्ने आफ्ना सबै नराम्रो बानी लुकाउने राम्रा बानी भन्ने फेरी बिचमा म खासै राम्रो मान्छे त हैन है तर तिमी संग बोलेपछि विस्तारै राम्रो हुने कोसिस गर्दै छु भनि हाल्ने । प्रेमीका पनि के कम  प्रशंसा गरिदियो भने मख्ख भै हाल्ने । दैनिक कुरा हुने । सुरुमा त दिनभरी गरेका कामहरुका बारेमा बयान गर्दै केही नया पुराना कुरा गर्दै समय वित्दै थियो प्रेमका बातहरु लम्बिदै थिए । लकडाउका दिनहरु बढदै गए । उनि सधै फोन आफै गर्छिन् अलि मजाको र मलाइ व्यक्तिगत फाइदाको कुरोपनि हो यो। दिनहरु लम्बिएतर प्रेम छोटीदै छोटीदै जाने अवस्था अयो । खासमा प्रेम जोडीहरुमा नया नया कुरा विषयमा गफ गर्न दिउसो नया काम गरेर साझ प्रसंग अनुसार बढाइचढाइ गरेर गफ गर्न मजा लाग्ने तर यो समयले यस्तो दिएन ।

लकडाउन लम्बिदै जाने प्रेमको दुरी बढ्दै जाने र प्रेम घट्दै जाने  अवस्था आयो। कसरी भन्नुहोला फेरी । सुरुमा मज्जाका गफ भए पुराना काहानी देखी नया बनाएका काहानी सब बताइ सकियो उनका पनि सुनि सकियो दिनभर रातभर फुर्सदमा कुरा गरेर । दिनमा कहि कतै नया विषय आउने सम्भावना छैन भित्र बसेर। बस अब फोन गर्दापनि के छ बेबी ? ठिकै छ । के गर्दै छौ । बसीरा छु , सुतिरा छु , खाइरा छु अथवा ट्वाइलेट छु यति बाहेक उत्तर छैन जतिचोटी गरेपनि नया उत्तर छैन ।  माया लागेन ?  लाग्यो नि बेबी यतिधेरै लागीरा छ । अनि भेट कैले हुन्छ ? कस्तो भेटन मन लागीरा छ खुलेपछि भेटौला है बेबी । तर खुल्ने कैले था छैन ।  यति सुन्दा सुन्दा दिक्क लागेर फोन राख्छ । फेरी बस्दा बस्दा दिक्क लागेर फेसबुक खोल्छ फेसबुकमा पनि गफ गर्दै जादा प्रसंग त्यहि आउछ त्या पनि दिक्क । नया केही छैन अरु विषय फेसबुकमा कोराना कोभिड-१९ बाहेक केहि छैन । गजल कविता पनि प्रेमका छैनन त्यहि कोरोना का । टाउको दुखाइ मात्र प्रेममा ।

आजभोलीको प्रेम बचाउन प्रेमीले प्रेमीका र प्रेमीकाले प्रेमीलाइ खुसी पार्नु पर्छ । फोन sms च्याट भिडियो कल। संगै नया नया कुराहरु नया विषय, डेटिंग भेटिङ्ग र सेटिंग संगै नया आकर्षक पहिरन र चिल्लो अमिलो पिरो र मिठो खानेकुरा आवश्यक हुन्छ र हुदो रहेछ। तर यो अवस्थामा यस्तो भैदियो की घरकै भात रोटी दाल तरकारी खाएर माया पिरती का कुरा गर्नुपर्ने । तर यो अहिलेका प्रेमीहरुलाइ स्वीकार्य छैन । मेरो पनि रोज कुरा हुन्छ आजसम्म फोन उतैबाट आएको छ तर दैनिक एउटै कुरा दोहोरी रहन्छ उ पनि दिक्क म पनि दिक्क । अब माया पिरती पनि टुङ्गीने  लगभग पक्का छ । तर हामीले बुझेका छैनौ लकडाउनमा सपना पनि दोहोरीएर देखिन थालिसके यो त मायाका कुराहरु हुन । अलिकति न दोहोरिए पछि सम्बन्ध बलियो हुदैन भनेर।
 यस्तै छ लकडाउनका प्रेमी हरुको हालत । घरमा बसेर रुन नसकीने बाहिर निस्किए पुलिसको धुलाइ । टाढाका प्रेमीलाइ झन मुस्कील छ कैलेकाइ त लाग्दो हो धुलाइ खाएर पनि भेट्न गैदिन्छु तर आफु भन्दाठुलो प्रेमीका का होलिन पनि लाग्दो हो । तर छिमेकमै लभ परेका हरुलाइ सजिलो छ झ्यालबाटै भएपनि हेर्न पाइन्छ साझ परेपछि यस्सो बाटोमा घुमाउरो तरीकाले भेटघाट गर्न सकिन्छ । खासमा यो लकडाउनले  बडो मार्कामा परेका यि प्रेम जोडिहरुनै छन । अचेल त भेट नहुदा सम्म प्रेम गरेको लभ परेको मानिदैन ।साचो प्रेम भन्नेकी ओभर प्रेम भन्ने अनूयोल छ । सरकार यिनीहरुको बारेमा पनि केहि सोच्ने की ??

सबैले आफ्ना प्रेमीहरुलाइ आफु बच्न र घरपरिवारलाइ बचाउन भनौ । बाचियो भने प्रेम गर्न त प्रशस्त समय छ ।

यमराज जोशी (कैलाली बहुमुखी क्याम्पस)


प्रतिक्रिया दिनुहोस्