लकडाउन तत्काल हट्दैनः प्रधानमन्त्री « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

लकडाउन तत्काल हट्दैनः प्रधानमन्त्री



काठमाडौं । लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । सातै प्रदेशका मूख्यमन्त्रीहरुसंग भिडियो कन्फेरेनस गर्दै यस्तो बताएका हुन ।
भारतमा संक्रमणदर बढि रहेकाले यो अवस्थामा लकडाउन खुकुलो पार्ने हुँदै बरु यसलाई अझै कडा गरिने छ, उनले भने नरम बनेर लापरबाही नगर्नुहोला ।

उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन । उनले स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारे । साथै, स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए ।

लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने छ उनले छलफलका क्रममा भने ।

उनले जनतालाई दुस्ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरेका छन्। साथसाथै, सरसफाईमा ध्यान दिन, मास्क र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्